नेपाल

नेपाल राष्ट्र
‎गङ्गाद्यपावनसरिद्भिरलङ्कृतं तद् ‎पुष्यद्य यत्र सुकृतानि महर्षिगाथाः ।
‎निश्चलशौर्यधनमानवसत्त्वभाजं नेपालराज्यमिह पुण्यमहं नमामि ॥
पवित्र नदी नालाले अलङ्कृत,महर्षिहरूका सत्कृत्य कथाले उज्यालो पारेको,अचल शौर्य र दृढ मानव सत्वले भरिएको यो पुण्य नेपालराष्ट्रलाई म नमस्कार गर्दछु।
‎इत्थं समृद्धकथिता पुरचारितैस्तु ‎वीरप्रकृत्यभिनवस्वरसंप्रदायैः ।
‎निर्मलधर्मव्रतपालननिष्ठभावं नेपालराष्ट्रमनिशं हृदि धारयामि ॥
पुरानो इतिहासका वीरगाथाले गौरवशाली,नवीन सांस्कृतिक स्वरहरूको धनी,‎धर्म, सत्य र व्रत निष्ठामा दृढ नेपालराष्ट्रलाई म सधैं हृदयमा धारण गर्दछु।
‎देवद्रुमैः सुरपुरैः सुभगैः निकेतैः ‎शैलोपकण्ठनिलयैर्मुनिसिद्धयोग्यैः ।
‎शान्त्याऽन्वितं स्वजनशौर्यमनोज्ञभूष्यं ‎नेपालमद्य भुवनत्रितयस्य रत्नम् ॥
‎देव वन, सुशोभित गाउँ नगर,‎ऋषि–सिद्धका उपयुक्त हिमशिखर–गुफा,‎शान्ति र वीरताको अनमोल गहनाले सुसज्जित यो नेपाल वास्तवमै तीनै लोकको रत्न हो।
नेपाल राष्ट्र

नेपाल, सुखी राष्ट्र भनेर चिनिने नेपाल दक्षिण एसियामा अवस्थित भू–आबद्ध देश हो, जुन चीन र भारतबीच हिमालय पर्वतशृंखलाको काखमा बसेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा (Mount Everest) सहित अद्भुत पहाडी सौन्दर्यका कारण नेपाल संसारभर प्रसिद्ध छ।नेपाल विभिन्न हिन्दू र बौद्ध परम्परा, अनि धेरै जातीय–सांस्कृतिक समूहहरूको संगम भएको सांस्कृतिक धरोहरयुक्त देश हो। राजधानी काठमाडौँ राष्ट्रको सांस्कृतिक, राजनीतिक र आर्थिक केन्द्रको रूपमा मानिन्छ। देशको भाषा नेपाली हो।