रचना विवरण
रचनाकारः : नारायण प्रसाद अधिकारीः
रचना–स्थलम् : काठमाडौँ,नेपाल
रचना–मितिः : 24 December 2025 (वि.सं. 2082 पौष 9) 12:45
भजन:
कृष्णको बाँसुरीले चोर्यो मेरो मन्
स्थायी
कृष्णको बाँसुरीले चोर्यो मेरो मन,हरि आईदेउन, छमछम नाचेर।
कान्हाको धुनमा हरायो यो प्राण,ब्रजको गल्लीमा बोलाउँछु भगवान् ॥
अन्तरा १:
यमुनाको किनारैमा, कदम्बको छायाँ,श्यामसुन्दर बोलाउँछन् मुरलीको धुनले।
राधाको नयनमा प्रेमको धन,त्याही बस्छन् श्यामसुन्दर भगवान् ॥
अन्तरा २:
पाउजुका घुँघरू, मञ्जुल चाल,नाच्छन् गोपीहरू भुलेर साराकाम्।
कृष्णले बाँध्यो, प्रेमको बन्धन,कृष्ण नाम जप्दा मेटिन्छ सारापाप ॥
अन्तरा ३:
दुःखलाईछोडे सुखलाई छोडे,केवल कृष्ण को शरणपरें म ।
बाँसुरीको धुनहरि अमृत समान,कृष्ण कृष्ण जपेरनै भवतरिन्छ ॥
समाप्ति
कृष्ण हरी कृष्ण हरी हरेराम भज।
नारायण संझीकन मूलमन्त्र जप ।।