ग्रहण

 

जन्म नक्षत्रमा ग्रहण लागे मा ।

यस्यैव जन्मनक्षत्रे ग्रस्यते शशिभास्कराै ।तस्य व्याधिभयं घाेरं जन्मरासाै धनक्षयः ।। (वसिष्ठ)

जन्म नक्षत्रमा र जन्म राशिमा ग्रहण लागे उक्त नक्षत्र र राशिका व्यक्तिलाई राेगकाे भयका साथै धनकाे पनि क्षति हुन्छ त्यसै कारण शान्ति गर्नुपर्दछ । विघिपुर्वक तिर्थस्नान गरेर घरकाे ईसान भागमा गाईकाे गाेवरले लिपेर वेदि बनाईमण्डप बनाउने र तिलकाे हवन गर्ने ।

ग्रहणकाेसुतक किन बार्नुपर्ने ।

ग्रहण लागेकाे समयलाई विध्द मानिन्छ। त्यसैले सूतक बार्नुपर्ने शास्त्रीय विधान रहेकाेछ ।
निद्रायां जायते व्याधिर्मूत्रे दारिद्रयमाप्नुयात् । पुरीषे कृमियाेनिश्च मैथुने ग्रामसुकरः ।
आभ्यञ्जने भवेत् कुष्टिर्भाेजने स्यादधाेगतिः । बन्घने च भवेत् सर्पाे वघे च नरकं व्रजेत् ।।