ज्योतिष

 
ज्योतिषशास्त्र को बारेमा छोटो तथा सरल व्याख्या प्रस्तुत गरिएको छ।

 

एस्ट्रोलोजी वा ज्योतिषशास्त्र भनेकोग्रहमण्डल, तारा, चन्द्र, सूर्य आदि खगोलीय वस्तुको चाल–चलन र स्थितिले मानिसको जीवन, स्वभाव, भाग्य तथा भविष्यमा प्रभाव पार्छ। यसले जन्मेको समयमा ग्रह–नक्षत्रहरूको स्थिति हेरी कुण्डली (जन्मपत्रिका) बनाइन्छ र त्यसका आधारमा जीवनमा हुने सम्भावित घटना, स्वभाव, स्वास्थ्य, प्रेम, करियर आदि बारे विश्लेषण गरिन्छ। ज्योतिषशास्त्रका मुख्य तत्वहरू।
1) राशि Zodiac Signs १२ वटा राशिहरू मेष देखि मीनसम्म जसले मानिसको मूल स्वभाव दर्शाउँछन्।
2) ग्रह (Planets) जस्तै= सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि आदि। यी ग्रहहरूले जीवनका विभिन्न पक्षहरू मन, ऊर्जा, बुद्धि, प्रेम, अनुशासन आदि प्रभावित गर्छन्।
3) भाव (Houses) कुण्डलीमा १२ वटा भाव हुन्छन्, जसले जीवनका क्षेत्रहरू जस्तै= घरपरिवार, शिक्षा, धन, विवाह, करियर आदि जनाउँछन्।
4) दृष्टि र योग ग्रह–ग्रहबीचको सम्बन्ध र स्थिति, जसका आधारमा शुभ अशुभ प्रभाव बताइन्छ जसमा ग्रह नक्षत्रहरूको चालले मानिसको जीवनयात्रामा प्रभाव पार्छ भन्ने मानिएको हुन्छ।